जम्मु-कश्मिरमा कार्यरत एक गोर्खा सेनाको अनुभव
भारतको जम्मु-कश्मिर सेनाको निम्ति सधैं रणभूमि बनिरहेको हुन्छ। सन् १७४७ मा जब भारतसँग पाकिस्तान विभाजित भयो। त्यति बेलादेखि नै यी दुई देशबीच सीमा क्षेत्रमा विवाद चल्दै आएको छ।
भारत र पाकिस्तानबीच औपचरिक रूपमा युद्वविराम धोषणा भए पनि शान्ति कागजमा मात्र छायो वास्तविक जमिनमा भने गोली चलिरह्यो। बम बर्षा भइरह्यो।
दुई लाख २२ हजार दुई सय ३६ वर्ग किलोमिटर भूभागमा फैलिएको जम्मु कश्मिर प्राकृतिक सुन्दरताले भरिपूर्ण र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण राज्य हो। तर, यहाँ कहिल्यै स्थीर शान्ति भएन।
एकातिर मुलुकको सीमा विवाद अर्कोतिर आतंकवादीको देशद्रोही हर्कतले यहाँका जनता सधै त्राहीत्राही जीवन गुजारिरहेका छन्।
बम बारूदको विस्फोटले पर्यटकीय नगरीको छाति सधैं चिरा परिरहेको छ।श्रीनगरजस्ता कयौं उर्बरभूमी उपत्यका पानीको सट्टा रगतले सिञ्चित हुने गरेका छन्।
जम्मु-कश्मिरको यो स्थितिलाई मध्यनजर गर्दै भारत सरकारले शान्ति स्थापनाको निम्ति लाखौंको संङख्यामा सेना परिचालन गर्दैआएको छ।
जसमध्य़़े गोर्खालीहरूको पल्टन गोर्खा राइफल्सअन्तर्रगत विभिन्न बटालियन निरन्तर रूपमा खटाइएका हुन्छन्। भारतीय सेनाका रेजिमेन्टमध्य़ गोर्खा राइफल्सलाई सबैभन्दा अब्बल रूपमा लिने गरिन्छ।
गोर्खालीको विरताको इतिहास जगजाहेर छ ।हिटलरको ‘मसँग गोर्खा सेना भए संसार जित्छु’ भन्ने भनाइले होस् या भारतीय फिल्ड मार्सल स्याम मानाकेशको ‘यदि कोही मुत्युदेखि डराउँदैन भन्छ भने कि त ऊ झुट बोलिरहेछ, कि त ऊ गोर्खा हो’ भन्ने भनाइले होस्- गोर्खालीको त्यही अदम्य साहस र वीरताको गाथा गाइरहेको हुन्छ।
देश देशबीचको सम्झौता अलग कुरा हो। तर, दुनियाँले जानेको कुरा यही छ- हामी गोर्खाली जन्मजात बहादुर छौं। नत हामी मृत्युदेखि डराउँछौं, नत लालचमा आफ्नो स्वाभिमान गुमाउँछौं। हामी आफ्नो कर्तव्य र जिम्मेवारसँग कुनै सम्झौता गर्न जान्दैनौं। अंग्रेजसँगको सम्झौतामा अमरसिंह थपाले च्यातेको चिठी यसैको एउटा प्रमाण हो।
गोर्खा सेनाले सैनिक सम्झौताअनुसार भारतको सीमा सुरक्षा गरेको हुन्छ। तर, भारतीय भएर होइन, वीर नेपाली भएरै दुश्मनलाई तर्साउँछ। आफ्नो जातीय हतियार खुकुरी नचाएरै युद्व कौशलताको परिचय दिन्छ। तसर्थ यो गुलामी होइन, एक देशबाट अर्को देशले लिएको सैन्य सहयोग मात्र हो।
एउटा गोर्खाली छोराले संसारको कुनै पनि कुनामा गएर राम्रो काम गर्छ र आफ्नो पूर्वजको गौरव गाथा दोहोर्याउँछ भने त्यहाँ ब्यक्तिको मात्र कदर भएको हुन्न, सिंगो नेपाल नै प्रशंसित बन्न पुग्छ।
आफ्नो देशका हजारौं युवालाई पन्छाएर नेपालका गाउँ-गाउँमा किन आउँछन् बिटिसबाट छात्ति नाप्न?, किन आउँछन् भारतदेखि दौडाइको रेकर्ड गर्न?
आर्दशको कुरा अकै हो। वास्तवमा यो हामी नेपालीको साहस, वीरता र इमान्दारितालाई उनीहरूले दिइएको इज्जत हो, सम्मान हो।
आज कुनै पनि गोर्खालीले आफ्नो जात लुकाउनु परेको छैन। त्यो पूर्वजकै कारण हो। आज हामीले शीर कतै झुकाएनौं भने भोलिका सन्ततिले हामीमाथि गर्व गर्नेछन्।
भारतीय गोर्खा सेना यही अनुरूप आफ्नो गौरवलाई छातिमा राखेर जम्मु-काश्मिरका चट्टानहरूमा खुकुरी उद्दाइरहेछन्।
कुरा जम्मु-काश्मिरको भइरहन्छ। जुन ठाँउमा भारतका अरू बटालियन तैनाथ हुँदा आतंकवादीको चहलपहल तिव्र गतिमा भइरहेको हुन्छ। गोली चल्ने विस्फोट हुने जस्ता घटना घटिरहेका हुन्छन्। तर, त्यही ठाउँमा जब गोर्खाली तैनाथ हुन्छन्। सारा दुस्मनको मुटु काम्न थाल्छ। त्यसपछि उनीहरू कि त त्यो ठाउँ छोडेर भाग्छन् कि त चुपचाप लुकेर बस्न बाध्य हुन्छन्।
उनीहरु सकभर गोर्खासँग टाढै रहन खोज्छन्। आपतकालिन अन्तिम स्थितिमा मात्र भिडन्त भएको इतिहास छ। उनीहरुलाई अन्दाज छ गोर्खाहरु रिसाउनु पर्यो भने कसरी रिसाउँछन्। उनीहरूलाई हेक्का छ-दापबाट निस्किएको खुकुरी रगत नपिई फेरि दापभित्र फर्कदैन।
जम्मु-कस्मिरको अहिलेको यो नक्सा बनाउनमा गोर्खालीको ठूलो हात छ। भारत-पाकबीच विभिन्न कालखण्डमा भएका लडाईंमा गोर्खाले आफ्नो विरताको प्रमाण दिइसकेको छ। अझै पनि गोर्खालीले जितेको किल्लाको नाम नेपाली भाषामा राखिएको पाइन्छ।
गोर्खालीले सन् १९४७ मा उडी सेक्टरमाथि विजय प्राप्त गरेको थियो। त्यस्तै सन् १९६२ मा लदाग जितेको थियो साथै सन् १९६५ र १९७१ मा पनि जम्मु-कश्मिरका विभिन्न ठाउँ भारतको पोल्टामा राखिदिइएको इतिहास छ।
सन् १९११ मा पाकिस्तानमाथि भारतको जीत हुनुमा गोर्खा राइफल्सका विभिन्न बटालियनको अहम् भूमिका छ। त्यो समयमा फौजी मात्र नभएर भरियाको काम गर्न गएका थुप्रै नेपालीले समेत प्रत्यक्ष तथा अप्रत्क्षरुपमा भारतलाई युद्वमा साथ दिएका थिए।
गोर्खा सेनाको यो साहसको कथा अनि विरताको गाथा आज हरेक भारतीयलाई याद छ। भारतको हरेक राज्यका कुना कन्दरामा समेत गोर्खा सेनाप्रति सम्मान छ।
गार्खालीहरूको अनुसासन र इमान्दारितालाई सम्मान गर्छन्। हँसिलो र रसिलो चेहेराको नेपाली देखेर सबै मित्रताको हात अगाडि बढाउन चाहन्छन्। गोर्खा सेना आज उत्कुष्ट सेनाको रूपमा चिँनिदै आएको छ र त आज चट्ट मिलेको गोर्खे जिउडाल आकर्षक सैनिक बर्दी कम्मरमा खुकुरी फूर्तिलो र जोसिलोपना देखेर बाटो हिड्दै गरेका बटुबाहरु एकछिन टक्क अडेर हेर्छन्। अनि गाडी गुडाउँदै गरेका भलादमीहरु पनि गाडीबाट ओर्लेर स्यालुट गर्छन्।