नारी दिवश विशेषः अष्ट्रेलियामा ८५ प्रतिशत महिलाहरु यौन दुर्ब्यवहारको सिकार हुने गर्छन्

तस्बिरः बिएल

कुरा २००९ तिरको हो, भर्खरै अष्ट्रेलिया पाइला टेकेको सबै परिबेस् नयाँ - नौलो थियो।

म विचारमा अलि फेमिनिस्ट भएकाले होला जहाँ  हेर्दा पनि महिला सहभागिता हेर्न मन् लाग्ने। सानै उमेरमा पत्रकारिता र समाजप्रतिको दायित्व के हो र कसरी चल्नुपर्छ भन्ने ज्ञान थियो।

जानी नजानी करियरको सुरूवातमा परदेसिनुपर्दाको चोट छुट्टै थियो। त्यसमाथि आफूले रोजेको फिल्डलाई बिचमा बिट मारेर आउँदा अर्को चट्पटाहट भयो।

नेपालमा हुँदा थुप्रै पीडित महिला र बालबालिकाको मुद्दामा आवाज उठाइयो। महिला सम्बन्धि थुप्रै जनचेतनामुलक कार्यक्रम पनि गरिएको थियो।

पहिलो र दोस्रो वर्ष अष्ट्रेलियामा आएर मैले महिला दिवस मनाउन पाइनँ। महिला दिवसका दिन नेपालमा भएका क्रियाकलाप र त्यस सम्बन्धि लेख तथा दिवस मनाउने अवसरको खोजीमा थिएँ।

साच्ची भन्नुपर्दा यो महिला दिवस त पीडित महिलाको लागि र महिला नेतृत्व विकास र सम्बन्धित निकायमा झक्झकाउन यसलाई एक उत्सवको रूपमा हरेक वर्ष मार्च ८ मा मनाउने गरिन्छ।

यति भनिरहँदा तीज र महिला दिवसको समयमा अहिले सोसल मिडियामा पुरूष पर्व र पुरूष दिवस हुनुपर्ने भनेर विभिन्न ट्रोल बन्ने गरेर छन्।

यस्ता हाँस्यास्पद ट्रोलहरू महिला सम्बन्धी चाडवाड भनेको पुरूषले बनाउने ट्रोलमा उडाउनको लागि हो र?

तीज र महिला दिवस मनाइरहँदा पुरूषहरू भन्ने गर्छन् आज त तपाईँको दिन हो। अनि ‘तीज आउँदैछ केही बोल्यो भने महिला बिरोधि भन्लान्,’ भन्ने कुराहरु हामीले धेरै सुन्ने गरेका छौ। अझ कतै लाइन लाग्यो भने भन्ने गरिन्छ ‘लेडिज फस्ट।’

लेडिज फस्ट भन्ने शब्द नेपालमा मात्र सुनिने होइन रहेछ। हामीले यस्ता कुरा विकशित मुलुकमा झन् धेरै सुन्न पाउँछौ। कुरा २०१० तिरको हो, एक दिन कफी सपमा कफी अर्डर गर्न लाइन लागिरहेको थिएँ। एक जना बिदेशी मुलका व्यक्तिले दाइने हात लाईनमा देखाउँदै ‘लेडिज फस्ट’, भने।  मैले जवाफ दिए,‘आइ एम फाइन थ्यान्क्यू।’

यसरी भनिरहँदा मलाई लाग्यो महिलालाई एक कफी शपमा पनि सहानुभूति दिने। मैले सोचेँ लेडिजलाई नेपालमा मात्रै रहेनछ पश्चिमी मुलुकमा पनि ‘लेडिज फस्ट’ भन्ने चलन रहेछ।

यस्ता शब्द धेरै सुन्दा मलाई यहाँको महिलाको अवस्था बारे जान्न मन लाग्यो। अष्ट्रेलिया विकसित मुलुक हो। त्यो हामी सबैलाई थाहा भएकै कुरा हो।  विकसित मुलुकमा महिलाको अवस्था जान्न सुरूमा मलाई महिलाको सहभागिता राजनीतिमा कस्तो रहेछ भन्ने कौतुहलता जाग्यो।

यति ठूलो राष्ट्रमा महिला प्रधानमन्त्री अहिलेसम्म भएका रैनछन्। सोचेँ नेपालसँग ठूला ठूला महल र डलर नमिले पनि सोचाइ र भोगाइ एउटै रहेछ। तर, त्यसको केही महिना लगत्तै लेबर पार्टीबाट जुलिया गिलार्ड २०१० मा देशको पहिलो प्रधानमत्रीमा निर्वाचित भएको खबर मुलुकभर छायो।

सुरुमा सोच्दा यस्तो देशमा पनि महिला नेतृत्व कमि हुँदा महिलाको नेतृत्व तहमा सहभागिता र अवस्थाको बारेमा सजिलै आँकनल गर्न नसकिने भने थिएन।

त्यसो त यहाँको ह्वाइट रिबोनले सार्बजनिक गरे अनुसार हरेक सातामा महिलाले जीवनसाथी र पूर्व जीवनसाथीले जगन्य हत्या गर्ने, हरेक ५ जनामा १ जना १५ वर्ष मुनिको बालिका यौन हिंसाको सिकार हुने गर्छन्। 

२०१८ मा सार्वजनिक रिपोर्ट्मा ८५% महिलाहरु यौन दुर्ब्यवहारको सिकार हुने गरेको पाइएको छ। घरेलु हिंसाबाट हरेक दिन अस्ट्रेलियामा विभिन्न किसिमका घटना घट्ने गर्छन्।

हामी सामान्य अर्थमा घरेलु हिंसाभन्दा हामी महिला हिंसा मात्रै बुझ्छौ। तर, पुरूस हिंसा पनि विद्यमान नै छ र पुरूषको मुद्दा बाहिर नआउनाले हामीलाई खासै धेरै नभएको लाग्छ।

एक दिन म ट्रेनको यात्रा गर्दै थिएँ। दुई जना बहिनीहरू पछाडि बसेर कुरा गर्दै थिए। एउटीले एकोहोरो बोल्दै भनि, ‘मैले यहाँ पढ्न आएर मेरो बुढा मसँगै डिपेण्डेण्टमा बस्न पाएको हो। मेरै बाट उसले पिआर पाएको हो। मैले मेरो लेभलको जागिर गर्छु। उसको काम चलाउ छ। बिहान घरबाट निस्किँदा पनि झगडा भयो। उस्तै परे सम्बन्धबिच्छेद गर्न पनि म बेर लगाउँदिन’, भनेर बम्किदै थिइ।

अर्कीले ‘जागिरको धक्कु नलगा पहिले आउँदा सहमतिमा आएको होला अहिले किन निहुँ खोज्छेस्’ भनेर सम्झाउदै थिइ। उसको कडा जवाफमा फर्काइ-आ उहिलेको कुरा खुइलियो,’ मेरो स्टेशन आएर झर्नुपर्यो पछि के के कुरा भयो उनीहरुमा थाहा भएन।

यो त एउटा पात्र मात्र हो। यस्तै पात्रहरूका कारण अहिले नेपाली समाजमा हिंसा र सम्बन्धबिच्छेदको घटना बढ्दो छ।

महिला मात्रै होइन यहाँ पुरूष पनि हिंसा र दुर्ब्यवहारमा परेका छन्।

पुरूस्वार्थ, महत्वकांक्षा, रिस, इगो, धन, लोभ यीनै कारणले गर्दा हिंसा घट्ने गर्छ।

अहिलेको पुस्तामा मात्रै होइन पछिल्ला दिनहरुमा नेपालबाट केही समयको लागि यहाँ घुम्न आउनुभएका आमाहरू आफू मानसिक तनावमा रहेको बताउँछन्।

घर वरिपरिको पार्कतिर आमाहरूको दुःख बिसाउने चौतारी भएको छ। एक दिन एक जना आमा गहभरि आँशु पार्दै भन्नुभयो, ‘बुहारीको रूखो बचन र ब्यवहारले कहिले नेपाल फर्कौ होला जस्तो भएको छ। तर सुनिदिने छोरा नै नसुनिदिने भएपछि यो बिरानो ठाउँमा कसको के लाग्ने?’

केही नयाँ पुस्ता पश्चिमी शैलीमा जिउन चाहन्छन् आमा, बुवा, सासु ससुरालाई दिनुपर्ने सानो आदर र सम्मान नहुँदा अहिले नेपाली समाजमा यसैको मूल जरो रहेको छ। जसले गर्दा पारिवारिक सम्बन्ध चिँसिदै गएको भेटिन्छ।

स्वास्थ्य र सम्बृद्ध समाज निर्माणका लागि पहिले घरदेखिनै सुरू हुनुपर्छ।

सधै पुरूषको मात्रै विरोध होइन। हरेक क्षेत्रमा महिलाले महिलाको नै खुट्टा तान्ने गरेको प्रसस्त देखिन्छ। महिला नेतृत्व विकासमा अग्रसर र आवाज बिहिनको आवाजको लागि वर्षौदेखि भाषण गर्दै आएका महिलाबाट पनि हिंशा र दुर्ब्यवहार हुने गरेको पाइन्छ।

विश्व नारी दिवसको सम्पूर्ण महिलालाई शुभकामना।

 

प्रकाशित मिति: : 2019-03-08 13:03:23

प्रतिकृया दिनुहोस्