लुकेका गाँउको भिडियो बनाऔं, पाँच लाखसम्मको पुरस्कार जितौं

बिएल

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज गर्ने भएको छ।

आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वी विल राइज फाउण्डेसनले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्देश्य अनरुप भिडियो च्यालेन्ज सार्वजनिक गरेको हाे। 

आयोजकका अनुसार नेपाल भित्रका गाउँमा लुकेर रहेका चर्चित पर्यटकीय स्थलका साथै प्राकृतिक, कला, सांस्कृतिक लगायतका विषयबस्तुमा केन्द्रित रहेर भिडियो तयार पार्न सक्नेछन्। 

भिडियो निर्माताले आफूलाई मन परेको विषयमा फाउडेसनको आधिकारिक वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्ने आयोजकले जनाएकाे छ। सहभागीहरुले वृतचित्रको गुणस्तर न्यूनतम फूल एचडी १९२०/१०८० पिक्सेलमा रहेर अधिकतम ५ मिनेटको भिडियो  डिसेम्बर १ देखि मार्च ९ सम्ममा पठाउनु पर्नेछ। 

निर्णायक समितिले उत्कृष्ट भिडियोको चयन गर्दै  वेष्ट भिडियो अफ द इयरलाई ५ लाख दिनेछ। यस्तै पब्लिक च्वाईस अवार्ड विजेताले र उत्कृष्ट निर्देशकले समान तीन तीन लाख पाउने छन्।

यता वुमन भिडियो मेकर अफ द इयर,फ्युचर स्टार अफ द इयर,मोष्ट पोटेन्सियल डेस्टीनेसन,मोष्ट एनरजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट भ्वाईस ओभर, वेष्ट सिनेमाटोग्राफर र वेष्ट एडिटले समान एक एक लाख प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2019-11-29 12:45:54

प्रतिकृया दिनुहोस्