प्रधानमन्त्रीद्वारा बस्यालको निधनप्रति दुःख व्यक्त

तस्बिरः एजेन्सी

प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य दयाराज बस्यालको निधनप्रति दुःख व्यक्त गरेका छन्l

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि गरेका योगदानको उच्च प्रशंसा गर्दै कम्युनिष्ट आन्दोलनको एक सशक्त योद्धाका रुपमा क्रियाशील रहेका बस्यालको निधनप्रति दुःख व्यक्त गरेका हुन्l

प्रधानमन्त्री ओलीले उनको निधनले शोकमा परेका परिवारजन र आफन्तमा समेत गहिरो समवेदना प्रकट गरेका छन्। वगनासकाली गाउँपालिका यम्धा निवासी ६७ वर्षीय उनको गत विहीबार निधन भएको हो। प्रधानमन्त्री ओलीले बस्याल एक असल, इमान्दार र निष्ठावान नेताका रुपमा पार्टीपङ्क्ति र बाहिर स्थापित रहेको जनाएका छन्।

पञ्चायती व्यवस्थालाई उपयोग गरी लोकतान्त्रिक आन्दोलन अघि बढाउने पार्टी राजनीतिक नीतिअनुसार सक्रिय रहँदा उनी जनपक्षीय नेताका रुपमा पाल्पामा स्थापित रहेकोविज्ञप्तिमा उल्लेख छ। पाल्पामा शिक्षक आन्दोलनको नेतृत्व गर्दा तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई सेवाबाट निलम्बन गरेको थियो। (रासस)

प्रकाशित मिति: : 2019-11-23 16:55:50

प्रतिकृया दिनुहोस्