मङ्सिर १० गतेभित्र हतियार बुझाउन गृहको आग्रह

तस्बिरः एजेन्सी

गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ। (रासस)

प्रकाशित मिति: : 2019-11-23 16:21:04

प्रतिकृया दिनुहोस्