नेपाली भूभाग तत्काल फिर्ता गर्नुपर्छ : महामन्त्री कोइराला

बिएल

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले भारतले मिचेको नेपाली भूमि तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका भूभागलाई भारतले आफ्नो नक्सामा समाहित गर्नु गलत भएको उनको भनाइ छ। विराटनगर विमानस्थलमा संचारकर्मीहरु बुधबार कुरा गर्दै उनले अतिक्रमित नेपाली भूमि तत्काल फिर्ता हुनु पर्ने बताए। ‘नेपालको भूभागलाई भारतले आफ्नो नक्सामा राख्नु कुनै पनि हालतमा स्वीकार्य छैन,’ कोइरालाले भने, ‘भारतले अतिक्रमण गरेको सबै भूभाग तत्काल फिर्ता गर्न भारत पनि तयार हुनु पर्छ ।’

मणिपुरमा जीवित छ, नेपाली साहित्यको इतिहास

यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको नेपाली भूमिका विषयमा अभिव्यक्ति दिइसकेको बताउँदै महामन्त्री कोइरालाले कूटनीतिक पहलबाट यसको समाधान गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने बताए।

अर्को प्रसंगमा मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर मैदानमा उत्रिएको उनको भनाइ छ । कोइरालाले पार्टी भित्रको गुट–उपगुट, विगतको निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार्दै कांग्रेस एक भएर उपनिर्वाचनमा होमिएको दाबी गरे।

कांग्रेस नेता मोहम्मद अफताब आलमका विषयमा उनले कसैलाई जबरजस्ती फसाउने भन्दा पनि सत्यतथ्य पत्ता लगाउँदै वास्तविक कुरा उजागर गर्न सरकारलाई आग्रह गरे। ‘सरकारले कोही कसैलाई फसाउन हुँदैन,’ कोइरालाले भने,‘ आलमको लगायत अन्य विषयमा पनि सत्यतथ्य छानविन हुनु आवश्यक छ।’

 

प्रकाशित मिति: : 2019-11-20 17:47:12

प्रतिकृया दिनुहोस्