मोरङको रतुवामाई नगरपालिका–५ आनन्द चौकमा रुखबाट लडेर बुधबार दिउँसो एक जनाको मृत्यु भएको ।
५५ वर्षीय बालवोध रायको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । हाँगा काट्नका लागि मसलाको रुखमा चढेका उनको लगभग २५ फिटमाथिबाट खसेर घटनास्थलमै मृत्यु भएको जानकारी खिँउजुले दिए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।