बुधबार मन्त्रीमण्डल हेरफेर, 'बाहुबली' हुदै ओली

'बाहुबली' अवतारमा ओली । एक प्रतिकात्मक तस्बिर : नेपाल ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने बताएका छन् । उनले मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमै यस्तो जानकारी गराएका हुन् । 

उनले मन्त्रीहरूलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम नराख्न पनि आदेश दिएका छन् ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले विदाइ गर्न लागिएका मन्त्रीहरूलाई फकाउँदै भने, 'तपाईंहरूलाई असक्षम भनेर हटाउन लागेको हैन। बाहिर पनि सक्षम साथी भएकाले उहाँहरूलाई मौका दिन यसो गर्न लागिएको हो ।'

उनले कुनै पनि मन्त्रीको नाम उल्लेख नगरी मन्त्रिपरिषदमा रहेर काम गरेकोमा धन्यवाद पनि दिए । 

मन्त्रिपरिषद पुनर्गठनमा कामका कारणले भन्दा पनि ओली दाहिना हुनेहरू रहने र देब्रे हुनेहरू बाहिरिने अनुमान गरिएको छ। नेकपाका विभिन्न गुटका शीर्ष नेताका पेटी स्वार्थ पूरा गरिदिएर बाँकिमा ओलीले मनमौजी गरिरहेकै छन्। यसपटक पनि त्यसको ग्राफ अरू बढ्ने अनुमान गरिएको छ।

यसअघि पनि सानातिना हेरफेर, पुनगर्ठन, जोड घटाउ हुदै आए पनि यसपटक भने मन्त्रिमण्डल पुनर्गठन नै भनेर ठूलो कुरा गरिएको छ। 

यो पनि पढ्नुहोला 
अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १३,२२९ !

सत्तारूढ नेकपा र स्वयं प्रधानमन्त्रीले नै पुनर्गठनको हल्ला गरेपछि सरकार थप अस्थीर र गतिहीन भएको थियो। मिडियामा जाने र आउँने भनेर मन्त्रीको सम्भावित सूची सार्वजनिक भएपछि जाने भनिएकाहरूको मनोबल गिर्दा कुनै काम लगाउन सकेका थिएनन् ।

मन्त्रिपरिषद पुनर्गठनमा कामका कारणले भन्दा पनि ओली दाहिना हुनेहरू रहने र देब्रे हुनेहरू बाहिरिने अनुमान गरिएको छ। नेकपाका विभिन्न गुटका नेताका पेटी स्वार्थ पूरा गरिदिएर बाँकिमा ओलीले मनमौजी गरिरहेकै छन्। यसपटक पनि त्यसको ग्राफ अरू बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2019-11-19 21:09:51

प्रतिकृया दिनुहोस्