काठमाडौंमा राजसंस्था कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह सुरू

तस्बिरः बिएल नेपाली सेवा

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आईताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन्।

पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता छ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्र्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रिय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए।

उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए।

स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ।

प्रकाशित मिति: : 2019-11-17 14:12:12

प्रतिकृया दिनुहोस्