भारतसँग वार्तामा बसेर कालापानीको मुद्धा उठाउनु बुद्धिमानीः पूर्वगर्भनर हिमालय शमशेर

पूर्वगर्भनर हिमालय शमशेर

भारतले आफ्नो आधिकारीक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेपछि नेपालमा विरोधको स्वर चर्को भएको छ। भारतले नेपाली भूमिमा आँखा गाडेको यो एक्लो ठाउँ होइन। नेपालको पूर्वदेखि सुदूरपश्चिमको दार्चूलासम्मको भूभाग अतिक्रमित भएको छ।

तर, पछिल्लो समय भारतले आधिकारीक रूपमै आफ्नो नक्सामा नेपाली भूभाग पारेपछि देशका विभिन्न कुनाबाट जनताहरू सडकमा ओर्लिएका छन्। सडकमा हालसम्म कुनै अप्रिय घटना भएको छैन। 

बैकुण्ठको दौडको ५० वर्षः मनिलामा विदेशी धावकलाई कसरी झुक्याए बैकुण्ठले? (भिडियोसहित)

नेपालका पहिलो गर्भनर हिमालय शमशेर राणा नेपाल र भारतबीचको सीमा विवाद वार्ताद्धारा हल गर्नु बुद्धिमता हुने बताउँछन्। ‘विवादका कुराहरू एकै ठाउँमा बसेर सुल्झाउनु पर्छ। नेपालले चित्त नबुझेको कुरा भारतीय पक्षसँग उठाउन बुद्धिमता हुन्छ,’ पूर्वगर्भनर राणाले बिएल नेपाली सेवासँग भने। 

नेपाल र भारतबीच कुनै बेला पैसाको मूल्याकंनमा विवाद थियो। राणाले नै एक सय भारतीय रुपैयाँ बराबर नेपाली १ सय ६० रुपैयाँ हुने नयाँ र हालसम्म लागु दिगो समस्याको समाधान निकालेका थिए।

उनी भन्छन्, ‘सबै बिकल्प समाप्त हुन्छ। त्यसपछि अन्तर्राष्ट्रिय न्यायालयमा जाने ठाउँ त छदैछनी। तर पनि भारतले त्यति सजिलो फिर्ता गर्ला जस्तो देख्दिन।’ उनी कालपानीको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नुभन्दा भारतसँग बसेर सौहार्दपूर्ण ढंगले वार्ताद्धारा उपाय निकाल्नु बुद्धिमानी हुने बताउँछन्।

राणासँग यस विषयमा बिएलले गरेको अन्तर्वार्ताको भिडियो लिंक तल छ।

प्रकाशित मिति: : 2019-11-13 17:51:45

प्रतिकृया दिनुहोस्