बेलायती राजकुमार चार्ल्स भारत भ्रमणमा

Agency

बेलायती राजकुमार चार्ल्स दुई दिने भारत भ्रमणका लागि राजधानी नयाँ दिल्ली पुगेका छन्। उनले बुधबार राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेका थिए। भारत–बेलायतको द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउन, जलवायु परिवर्तन जस्तो चुनौति र बजार सम्बन्धि मुद्धामा कुरा गर्न उनी भारत आएको बताइएको छ।

चार्ल्सले बुधबार नै मौसम विज्ञान विभागको निरीक्षण गरेका थिए। उनले बिहीबार भारतमै आफ्नो ७१ औं जन्मदिन मनाउने कार्यक्रम रहेको छ। प्रिन्स अफ वेल्सको भारतमा दसौं आधिकारीक भ्रमण हो।

भारत भ्रमणका क्रममा उनले गुरु नानकदेवको ५ सय ५० औं जयन्तीका अवसरमा गुरुद्धारामा पनि पुग्ने छन्।

राजकुमार चार्ल्सले प्रथम र दोस्रो विश्व युद्धमा योगदान गर्ने सैनिकको बलिदानलाई याद गर्न सैन्य कार्यक्रममा पनि भाग लिने भएका छन्। उनी प्रभावशाली भारतीय व्यापारीसँग स्थायी बजार र निवेशका लागि चर्चामा सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2019-11-13 17:09:03

प्रतिकृया दिनुहोस्