अपराध लुकाउने आलमको दाउ – साक्षीलाई धम्कीदेखि प्रहरी चौकीमा बम विस्फोटसम्म

बिएल

निर्वाचन जित्न २२ जनालाई जिवितै ईटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका अफताब आलमले थुनछेक बहसलाई प्रभावित पार्न विभिन्न प्रपन्च रचिरहेका छन्।

२०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको विष्फोटका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेका छन्।

प्रहरीका अनुसार उनले साक्षीलाई आर्थिक प्रभाव पार्नेदेखि प्रहरी चौकीमा बम बिस्फोटसमेत गराउँदै आएको रहस्य खुलेको छ।

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर पनि विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले बयान फेरेर अदालतमा निवेदन दिएकी थिइन्।

जिउँदै इँटाभट्टामा हालेर २३ जनाको हत्या गरेको अभियोगमा पूर्वमन्त्री आलमको बयान गत बिहीबार सकिएको थियो। पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको पहिलेको बयान फेरेर ओसीकी पत्नी अमनाले लिखित निवेदन दिएकी थिइन्। ओसी बम विष्फोटनमा मारिएको भन्दै मृत्यु दर्ता प्रमाणपत्र भने बनाइसकिएको छ। अमना र चमार दुवै जनाको निवेदन आएको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

२०६४ कात्तिक २२ गते ईटाभट्टामा हालेर जलाइएका रौतहटको तत्कालिन सरूवठा गाविस–९ तथा हाल यमुनामाई गाउँपालिका–४ का मोहम्मद ओशी अख्तरकी श्रीमती सामना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएपछि घटनालाई १२ वर्ष अगाडि प्रमाण लुकाउन गरेको प्रपन्च अहिले पनि शैली परिवर्तन गरेको देखिदैन।

निवेदनमा आफ्ना श्रीमान् ओसी अख्तर बैदेशिक रोजगारीमा गएको भन्दै निवेदन दिएकी थिइन् । तर पछि तिनै सामना खातुनले आफ्ना श्रीमान्को मृत्यु दर्ता गराएको सत्य पनि बाहिरिए पछि स्प्रष्ट रुपले आलमले गर्न खोजेको कर्तुत बाहिर दखिन् थालेको छ ।

सत्य बाहिरिएपछि प्रहरीले सोधपुछ गर्दा आलमका मानिसहरुले धम्की दिएकाले निवेदन दिएको प्रहरी सामू बताए पछि घटनालाई प्रभाव गर्न आलमले के सम्म गर्न भ्याए भन्ने कुरा प्रस्ट भयो।

आलम यो समयमा मर्न लागेको माछा छटपटाएको जस्तो देखिन्छ। आलमको बहस चलिरहेको सयमा बहसलाई प्रभाव पार्न आलमका मानिसहरुले अहिले पनि विभिन्न योजना बनाइरहेका छन्।

यस्तै अर्का भारतीय साक्षीका रुपमा नेपाल ल्याइएका भारत सीतामढीका गौरीशंकर राम चमारले पनि बयान फेरे पछि आलमको मुद्दामा एउटा नयाँ तरङ्ग ल्यायो।

आलमको थुनछेक बहस चलिरहेकै समयमा प्रहरीले जवरजस्ती बयान दिन लगाएको भन्दै अदालतमा बयान दिएका थिए।

सरकारी साक्षीको रुपमा नेपाल ल्याइएका गौरीशंकरलाई आलम पक्षका मानिसहरुले अपहरण गरेर बयान फेर्न लगाएको सत्य धेरै समय टिकेन।

गौरीशंकरले आलमका पक्षहरुले अपहरण पछि बन्दक बनाएर बयान नफेरे ज्यान मार्ने धम्की दिएको बयान प्रहरी समक्ष दिएका थिए। अहिले पनि गौरीशंकरले आफ्नो र परिवारको ज्यानको सुरक्षा दिन माग समेत गरेको छन्।

यो समयमा आलमका पक्षहरुले साक्षीहरुलाई ‘साम दाम दण्ड भेद’ को रणनीति अपनाएको आलमको विरुद्धमा बहस गरिरहेका केही सुरक्षा अधिकारीहरुको बुझाइ छ।

‘रौतहटमा अफताब आलमको डरको दबदवा अहिलेसम्म देखिन्छ। यसरी त अबका दिन आलमलाई अझ कमजोर बनाउँछ। उनले लुकाउँदै आएका कर्तुत बाहिरीरहेका बेलामा यस्ता घटनाहरु बाहिरीनु अहिले पनि उनको दम्भ र दवदवा कायमै रहेको बुझ्नुपर्छ,’ ती अधिकारीले बिएल नेपाली सेवालाई बताए।

पीडितका पक्षबाट बहस गर्न गएका अधिवक्ताहरु पनि केही हुने हो कि ? भन्ने मन डर र त्रासले फर्किएको सुनाइरहेका छन्।

कात्तिक २२ गते बहस सकिए पछि पीडितको पक्षबाट बहस गरेर काठमाडौं फर्किएका पूर्व महान्याधिवक्ता डा युवराज संग्रौलाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्टै गरे।

उनले स्टाटसमा भनेका थिए–‘ बहस सकियो। कुमार शर्मा आचार्य र मैले १ घण्टा २० मिनेट बहस गर्‍यौं। आलमजीको दवदवा त गजबै लाग्यो। दुई दिनसम्म सर्वसाधारण मानिसका कुरा सुनियो। अरूको त के कुरा सुरक्षा निकायहरु हरदम सतर्क। घरमा गएर समात्न त प्रहरीलाई सम्भव भएनछ।’

आजै (मंगलबार) रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–४ स्थित मठिया प्रहरी चौकीमा ड्यूटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार भएको छ।

भारतीय नम्बर प्लेट बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए। यो घटना पनि आलम प्रकरणलाई अलमल्याउनको लागि गरेको हुनसक्ने सुरक्षा अधिकारीहरुको बुझाइ छ।

यी कुराले आलमले अन्तिम समयमासम्म पनि अपराधका घटनाहरु घटाइरहने देखिन्छ। तर अपराधीलाई कानूनले ढिलै भए पनि समाउँछ भन्ने सन्देश दिएको आलम नरसंहार प्रकरणले के मोडल लेला हेर्न बाकिँ नै छ।

आलममाथि लागेको आरोप के हो ?

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो। विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

जिल्ला अदालत रौतहतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई गौर आउने बाटोमा रहेको इद्रिस गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा गौरमा राखिएको उनले बताए । अदालतमा दायर भएको मुद्दा अनुसार घटनाका मुख्य अभियुक्त सासंद आलम रहेको र अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ज्यानसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिइसकेको डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति: : 2019-11-12 19:05:53

प्रतिकृया दिनुहोस्