महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी: मुख्यमन्त्री भट्ट

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन्।

लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य नहुने उल्लेख गरे।

“मानसिकरुपमा परिवर्तन ल्याउन नसकेसम्म यस्ता कार्यक्रमको औचित्य हुँदैन्”, उनले भने। समाज रुपान्तरणका लागि तीन तहका सरकारका साझा एजेन्डा हुनु आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो। नीतिगत रुपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: : 2019-11-10 16:31:11

प्रतिकृया दिनुहोस्