मुम्बईमा ४० हजार प्रहरी तैनात

तस्बिरः ANI

विवादित अयोध्या सम्बन्धी निर्णय हुनै लाग्दा मुम्बईमा पनि ४० हजार प्रहरी खटाइएको छ। यस बाहेक मुम्बईका सम्पूर्ण शहरहरुमा सीसीटीभी मार्फत अनुगमन भइरहेको छ।

मुम्बईमा विशेष स्थानमा ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ। भारतको सबैभन्दा ठूलो मुद्धा राम जन्मभूमी–बाबरी मस्जिदको जमिन विवादको भारतको सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दैछ।

५ सय वर्ष पुरानो तथा ७० वर्षदेखि अदालतमा विचाराधीन रहेको यो मुद्धाको गम्भीर्यतालाई महसुस गरेर सरकारले उत्तर प्रदेश, मध्य प्रदेश र जम्मु तथा काश्मीरमा धारा १ सय ४४ लागु गरेको छ।

प्रकाशित मिति: : 2019-11-09 09:45:21

प्रतिकृया दिनुहोस्