सुरक्षाको माग गर्दै, प्रहरीको आन्दोलन

Agency

सयौं सुरक्षकर्मीले आफ्नै मुख्यालय बाहिर न्याय माग्दै बिरोध गरेका छन्। समाचार पढ्दा अचम्म लाग्न सक्छ। तर, यो भारतको नयाँ दिल्लीमा रहेको सुरक्षा मुख्यालय बाहिरको दृश्य हो। केही दिन पहिले वकिलको समूहले प्रहरीमाथि कुटपिट गरेपछि यस्तो अवस्था सिर्जना भएको हो।

सुरक्षाका उच्च अधिकारी आन्दोलनमा उत्रिएका प्रहरीलाई सम्झाउने प्रयास गरिहेका थिए। तर पनि आन्दोलनकारी सुरक्षाकर्मी आफ्ना मागमा अडिग देखिए। प्रहरीका शीर्ष अधिकारी माग पूरा हुने भन्दै विश्वास दिलाउन निरन्तर कोशिस गरिरहेका थिए। उनीहरु भन्दै थिए– पुलिसका सबै माग स्वीकार गरिनेछ।

वकिलको आक्रमणबाट घाइते भएका प्रहरीको उपचार राम्रोसँग गरिने अधिकारीले आश्वासन दिएका छन्।

माथिल्लो तहका प्रहरीले भने– समाज तपाईसँग छ, सञ्चारमाध्यम तपाईसँग छ, सरकार र सम्बन्धित निकायले तपाईको मागलाई गम्भीरतापूर्वक लिएको छ। उचित माग पूरा हुन्छन्। तपाईहरु शान्ति सुरक्षाको जिम्मेवारीमा फर्किनुहोस्।

दिल्ली राज्यका उपराज्यपाल अनिल बैजलले प्रहरी आयुक्त र वरिष्ठ अधिकारीलाई घाइते प्रहरी भेट्न र उनीहरूको परिवारसँग कुरा गर्न सल्लाह दिएका छन्। उनले भने–यसले उनीहरूको मनोवल बढ्छ।

प्रकाशित मिति: : 2019-11-06 18:59:39

प्रतिकृया दिनुहोस्