कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा बनाएको भन्दै राप्रपाको आपत्ति

सांकेतिक तस्बिर

भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा ती भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा आपत्ति जनाएको हो ।

नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ ।

भारतले यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: : 2019-11-05 14:27:33

प्रतिकृया दिनुहोस्