साढे २४ हजार मतदाता रहेको महोत्तरीमा चार पदका लागि उपनिर्वाचन

सांकेतिक तस्बिर

आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीमा चार पदका लागि निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ ।

पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताए ।

सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-05 12:49:14

प्रतिकृया दिनुहोस्