प्रधानमन्त्रीका निजी डाक्टर चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त

फाइल तस्बिर:बिएल

प्रधानमन्त्रीको निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाह चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त भएकी छिन् ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ओलीले शाहलाई सोमबार सदस्यमा नियुक्त गरेका हुन् ।

आयोगका अनुसार चिकित्सा शिक्षा कार्यक्रम संचालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरु मध्येबाट तीन जनालाई पनि सदस्यमा मनोनित गरिएको छ । प्राडा शाहका साथै प्राडा.शैली प्रधान, प्राडा. जगदीश अग्रवाल पनि सदस्यमा नियुक्त भएको शिक्षा मन्त्रालय जनाएको छ ।

स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायत आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तिमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था भएको छ ।

आयोगको कार्यकारी उपाध्यक्षमा यसअघि नै प्रा. डा. श्रीकृष्ण गिरी नियुक्त भएका थिए ।

प्रकाशित मिति: : 2019-11-04 18:27:23

प्रतिकृया दिनुहोस्