सेवासुविधा बराबर नभए ब्रिटिश सेनामा नेपाली नपठाउने महतको चेतावनी

फाइल तस्बिर:बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले आफ्नो पार्टी ब्रिटिश सैनिकहरुको तलव,सेवा सुविधा बराबर हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

भुतपुर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले ब्रिटिश सैनिकमा नेपाली भएकै कारण तलव सेवा सुविधामा विभेद हुनु निकै दुखद भएको बताए ।

'समस्या समाधान नभए नभए अब सेनामा भर्ति गर्नु हुँदैन', उनले भने, 'अब तलब सेवा सुविधा समान नभए ब्रिटिश सरकारलाई सैनिक नपठाउने भनेर सरकारले भन्नुपर्छ ।'

सहमहामन्त्री महतले आफू परराष्टमन्त्री हुँदा पनि यो बिषयमा सशक्त हिसाबले उठाएको स्मरण गर्दै समस्या समाधानका निम्ति बिषेश पहल गरेको समेत बताए । 'नेपालका लागि बेलायतका राजदूत मार्फत बेलायत सरकारलाई ब्रिटिश सैनिकमा तलव सेवा सुविधा बराबरी गर्नका लागि चिठी समेत पठाएको थिए', उनले भने,'तर अहिलेसम्म समस्या समाधान भएको रहेन्छ ।


उनले आफूले समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने पनि जिकिर गरे। सहमहामन्त्री महतले नेपालीले ब्रिटिश सैनिकले काम बढी गर्ने तर सेवा सुविधा भने कम पाउने कुरा न्यायोचित नभएको ठोकुवा गरे।

प्रकाशित मिति: : 2019-11-04 16:50:09

प्रतिकृया दिनुहोस्