आज असार १५ । नेपालमा दही च्यूरा खाँदै रोपाई गरेर धान दिवश मनाइदैछ ।
असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपाई गरिने आजको दिनलाई विशेष दिनका रूपमा लिइन्छ । आज युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।अनि खाजाका रूपमा दही च्यूरा खाने गर्छन् ।
नेपालमा असार १५ लाई दही च्यूरा खाने पर्वकै रुपमा मनाउने गरिएको छ । आज धेरैजसो नेपालीको दिउँसोको खाजा दही च्यूरा नै हुने गर्छ ।
केही वर्ष यता सरकारले असार १५ लाइ धान दिवशका रूपमा मनाउन थालेको छ । विभिन्न पार्टीका किसान नेताहरू पनि आजको दिन खेतको गरामा पस्ने गरेका छन् ।
पोखरालगायतका पर्यटकीय स्थानमा विदेशी पर्यटकहरू हिलेजात्रामा सहभागी हुन्छन् । हिलेजात्रा हिजोआज युवायुवतीमाझ रमाइलो गर्ने मौकाका रूपमा लिन थालिएको छ ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया