शुक्रबारपनि प्रधानमन्त्री ओलीले भेटघाट गर्न मानेनन्

फाइल तस्बिर:बिएल

दुई दिने अस्पताल बसाइपछि बिहीबार बेलुका फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारबाट मात्रै भेटघाट गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालका अनुसार चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्रीको शुक्रबार कुनैपनि कार्यक्रम वा भेटघाटको औपचारिक कार्यक्रम नराखिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको भन्दै शनिबारबाट आवश्यक्ताअनुसार प्रधानमन्त्रीले भेटघाट र अरु कामलाई निरन्तरता दिने अर्यालले  जानकारी दिए ।

प्रधानमन्त्रीको बुधबार र बिहिबार अल्ट्रा–फिल्ट्रेसन र हेमोडायलाइसिस गरिएको थियो ।मेडिकलको भाषामा अल्ट्रा–फिल्ट्रेसन भनेको रगतमा भएको पानी निकाल्ने विधि र हेमोडायलाइीससबाट शरिरमा रहेको पानी र अन्य खराब तत्व निकाल्ने विधि हो ।

सामान्य स्वास्थ्य परीक्षणका लागि बुधबार ग्राण्डी अस्पताल लगिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या र यथार्थबारे उनको सचिवालय र उपचारमा संलग्न चिकित्सकहरुले दुई दिनसम्म सार्वजनिक गरेका थिएनन् ।

प्रकाशित मिति: : 2019-11-01 14:21:28

प्रतिकृया दिनुहोस्