विराटनगर, जेठ १६
जोगबनी–विराटनगरहुँदै धरानसम्म जोड्ने ६ लेन सडक विस्तारको काम ठप्प भएको छ।
सरकारले समयमै रकम उपलब्ध नगराएको तथा सडकका बिचमा रहेका खानेपानीको पाईपलाइन र ३३ केभी प्रसारणलाई स्थानान्तरण नगरेको भन्दै सडक विस्तारमा अवरोध पुगेको हो।
सरकारी संयन्त्रहरु विराटनगर महानगरपालिका, इटहरी उप(महानगरपालिका, दुहवी नगरपालिका, खानेपानी आयोजना र नेपाल बिद्युत प्राधिकरणको असहयोगका कारण ६ लेन सडकको काम अगाडि बढ्न सकेको छैन ।
ठेकेदारका अनुसार करिब २० करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने छ। तर, विगत ४ महिनादेखि रकम निकास हुन नसक्दा काम गर्न समस्या भइरहेको निर्माण कम्पनीको भनाई छ।
ठेक्का लागेर निर्माण शुरू भएको क्षेत्रमा पनि अझै ६० प्रतिशत भन्दा बढी काम हुन बाँकि छ। आयोजना सम्झौताको मितिलाई आधार मान्ने हो भने वैशाख भित्र सबै काम सम्पन्न भइसक्नुपर्ने हो। तर, सम्बन्धित निकायको ढिलासुस्तीले सडक विस्तारको काम लम्बिदै गएको छ।
संघीय सरकारको मातहतमा राजमार्ग रहेको कारण सडक विस्तारको काममा स्थानीय निकायसंFगको समन्वय हुन नसक्दा पनि काममा अवरोध हुँदै आएको छ।