ह्याण्डसम हुन सिक्स प्याक बनाउन चाहने र टाउकोमा सधैभरि झ्याप्प कपाल बनाउन चाहने पुरूषका लागि एक खराब समाचार सार्वजनिक भएको छ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका अनुसन्धानदाता डा. जेम्स मोसम्यानले गरेको एक लामो अध्ययनले आकर्षक शरीर बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड र टाउकोमा कपाल उमार्न प्रयोग गर्ने एन्टी–बाल्डनेस पिल्सले सन्तान उत्पादनमा क्षमतामा ह्रास ल्याउने निष्कर्ष निकालेको छ।
उनको अध्ययनले स्टेरोइड र एन्टी–बाल्डनेस पिल्स प्रयोग गर्ने पुरुषको बिर्यमा शुक्रकिटको मात्रा गर्भ रहनका लागि चाहिने भन्दा कम पाइने देखाएको छ।
उनले अध्ययनका क्रममा स्टेरोइड र पुरूष फर्टिलिटीबिच नकारात्मक सम्बन्ध पाइएको बताएका छन् यसैगरी एन्टी–बाल्डनेस पिल्स र बिर्य उत्पादन क्षमताको सम्बन्ध पनि नकारात्मक पाइएको उनले बताए। यी दुबै प्रयोग गर्ने ह्याण्डसम पुरूषको सन्तान हुने सम्भावना सामान्य अवस्थामा कम रहने गरेको उनको अध्ययनमा पाइएको छ।
डा. मोसम्यानले भनेका छन्- यी दुबै प्रयोग गर्ने ह्याण्डसम पुरूषको यौन क्षमतामा कम नआए पनि शुक्रकिट उत्पादनमा भने धेरै नै ह्रास आएको छ। उनीहरूको बिर्यमा शुक्रकिट ज्यादै थोरै र कम आयु भएको पाइएका छन्।
उनले यस बारेमा थप अध्ययन भैरहेको भए पनि अहिलेसम्मको अध्ययनले सन्तान उत्पादन गर्ने योजनामा रहेका पुरूषहरूले तिनीहरूको प्रयोग नगर्नु नै उचित हुने बताए।
डा. मोसम्यानले यसको फाइदा पनि रहेको बताएका छन्। उनका अनुसार यी दुबै प्रयोग गर्नेले परिवार नियोजनका साधन प्रयोग नगर्दा पनि हुन्छ। गर्भ रहने सम्भावना नै कम हुने भएकाले एबर्सन गर्नुपर्ने परिस्थिति पनि कमै आउने उनले बताए।