शनिबार, १२ जुलाई २०२५

भारतमा हिन्दु कट्टरपन्थी सत्तामा दोहरिएलगत्तै पाकिस्तानको हिन्दु बस्तीमा आगजनी

News Image
Agency
• • •

भारतमा हिन्दु कट्टरपन्थी दल भारतीय जनता पार्टी (बिजेपी) ले प्रचण्ड बहुमतसहित दोस्रो कार्यकालका लागि सरकार बनाउन दुई दिन बाँकी रहको अवस्थामा छिमेकी पाकिस्तानमा हिन्दुहरू माथि आक्रमणको सिलसिला सुरु भएको छ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तस्थित मिरपुरखास जिल्लामा बसोबास गर्दै आइरहेका एक हिन्दु डाक्टरलाई पक्राउ गरिएको छ।

विदेशी सञ्चारमाध्यमले जनाएअनुसार डाक्टरको नाम रमेश कुमार हो। उनीविरूद्ध नजिकै रहेको एक मस्जिदका मौलाना इसाक नोहरीले मुद्धा दर्ता गराएका थिए।
उनीविरूद्ध मुस्लीमहरूको धार्मिकग्रन्थ कुरानको पाना च्यातेर विरामीलाई औषधी प्याक गरेर दिने गरेको आरोप थियो।

यो मुद्धामा मुस्लीम प्रदर्शनकारीले हिन्दुहरूको बस्तीमा प्रवेश गरेर पसल तोडफोड गर्नुका साथै आगजनी पनि गरेका छन्।

स्थानीय पुलिस अधिकारी जाहिद हुसेन लेघरीले डाक्टरलाई पक्राउ गरि उनीविरूद्ध छानवीन सुरु भएको बताएका छन्। साथै उनले साम्प्रदायिक दंगा नभड्कियोस भनेर डाक्टरलाई सुरक्षित स्थानमा लगिएको बताए।

पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दुहरूको बसोबास बाक्लो छ। पाकिस्तानमा रहेको हिन्दु सभाले मुसलमानहरूद्धारा विभिन्न झुटो आरोपमा आफूहरूलाई फसाउने गरेको दुखेसो गर्दै आइरहेका छन्।

एक रिपोर्टअनुसार १९८७ देखि २०१६ सम्म धार्मिक मुद्धालाई लिएर १ हजार ४ सय ७२ हिन्दुमाथि कार्यवाही भइसकेको छ।
दुई दिनअघि मात्र पाकिस्तानी सरकारले शिखहरूको धर्मगुरु नानकले १८ वर्ष बसोबास गरेको नारोवालस्थित ऐतिहासिक घर भत्काएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?