कतारमा नेपालीले अति गरेपछि राजदूताबासले जारी गर्यो ८ बुँदे सचेतनापत्र

कतारमा रहेको ठूलो नेपाली डायस्पोरालाई सम्बोधन गर्दै दोहास्थित नेपाली राजदूतावासले ८ बुँदे सचेतनापत्र जारी गरेको छ।

राजदूताबासका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाली समुदायका केही व्यक्ति स्थानीय संस्कृति तथा नियम कानुन विपरित सार्वजनिक स्थलमा असामाजिक रुपले प्रस्तुत भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तीमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचविखन गर्ने, होहल्ला तथा झैझगडा गर्ने गरेको र त्यसउपर विभिन्न तह र तप्काबाट नकारात्मक टिप्पणी भएको पाइएको पनि उल्लेख गरिएको छ। 

यस्ता गतिविधिले कतारमा नेपालीको छवि विगार्ने चिन्ता व्यक्त गर्दै कतारको नियम कानुन विपरितका गतिविधि क्रियाकलाप गरे सम्बन्धित व्यक्तिले नै सजाय भोग्नुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ।

राजदूताबासले जारी गरेको ८ बुँदे सचेतनामा यसो नगर्न भनिएको छ- 

प्रकाशित मिति: : 2019-05-28 09:43:25

प्रतिकृया दिनुहोस्