बैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न ब्यक्तिबाट करोडौं रकम उठाएर भागेका पर्शुराम गुरूङलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
गुरुङलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले शुक्रबार काठमाडौं ल्याएको इन्टरपोल शाखा नेपालका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हो।
विगत आठ वर्षदेखि बैंकक बस्दै आएका पर्शुरामविरुद्ध ३४ जना पीडितले पाँच करोडभन्दा धेरै ठगेको भन्दै उजुरी दर्ता गराइसकेका छन्।
गुरूङका नाममा नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले २०७२ असार २९ गते डिफ्युजन नोटिस जारी गरेको थियो।त्यसैका आधारमा उनी झण्डै दुई महिना पहिले बैंककमा पक्राउ परेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले शनिबार पत्रकार सम्मेलन गरी गुरूङलाई सार्वजनिक गर्ने भएको छ।
अपराध गर्दै देश छोड्दै, इन्टरपोलको धरापमा ९७ नेपाली