गर्भपतन घटाउन भगवानले बनाए नपुंसक!

‘नपुंसक गर्भपतन घटाउने भगवानको योजनाको हिस्सा हो।हामीले आफूलाई बचाउन भियग्राको प्रयोगलाई अपराध घोषित गर्नुपर्छ।’

यो भनाइ हो- हलिउड नायिका जेनी हद्दाद टम्पकिन्सको।अमेरिकाका विभिन्न राज्यमा गर्भपतनमाथि प्रतिवन्ध लगाउने विधेयक पारित भैरहेको सन्दर्भमा उनले यो ट्विट गरेकी हुन्। 

अहिले उनको यो ट्विट चर्चामा छ। उनका अनुसार इरेक्टाइल डिस्फंक्शन (नपुंसकता) भगवानको योजना हो जसले गर्भपतन गराउन आवश्यक नै पर्दैन। यदि भियाग्रा नबनाउने हो भने धेरै पुलिङ्ग नै उठ्दैन र यौनसम्पर्क नहुँदा गर्भपतन नै गराउनु पर्दैन। 

उनको यो टि्वटमा धेरै क्रिया प्रतिक्रिया आएका छन्। धेरैले उनको यो सोचाइको समर्थन गरेका छन्। 

गर्भपतनको अधिकारको विषयमा ठूलै बहस चलिरहेको बेला सामाजिक सञ्जालकर्मीहरूले यो कोणबाट पनि बहसलाई अगाडि बढाएका छन्।  

प्रकाशित मिति: : 2019-05-22 04:43:39

प्रतिकृया दिनुहोस्