अन्ततः रविले दुलही बनाए निकितालाई

तस्बिरः बिएल

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्षसमेत रहेकी निकिता पौडेल र पत्रकार रवि लामिछानेले विवाह गरेका छन्।

यसअघि नै माघ ७ गते कानूनी विवाह गरिसकेका रवि र निकिताले शुक्रबार परम्परागत रुपमा विवाह गरेका हुन्।त्यतिबेलै उनीहरूले वैशाखमा परम्परागत विवाह गर्ने बताएका थिए।

उनीहरुको विवाह नगरकोटको होटल मिस्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा भएको हो।

विवाहको कार्यक्रम साँझ पाँच बजेबाट शुरु भएको थियो।अतिथिलाई शुक्रबार होटलमा खाने बस्ने र शनिवार ब्रेकफास्टको समेत ब्यबस्था गरिएको थियो।बिवाहका पाहुनाका लागि बस्ने कोठा नम्बरसमेत विवाहको कार्डमै उल्लेख गरिएको थियो।

निकितासँग कानूनी विवाह गर्नुपूर्व पत्रकार लामिछानेले पत्नी इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए।निकिता पनि पतिसँग डिभोर्स गरेर बसेकी थिइन्।

पत्रकार लामिछानेसँग कानूनी विवाह गरेपछि पौडेलले चलचित्र विकास बोर्डको अध्यक्षबाट माघ २२ गते राजीनामा दिएकी थिइन्।व्यक्तिगत जीवनमा व्यस्त हुनेपर्ने भएका कारण आफूले बोर्डबाट राजीनामा दिएको उनले बताएकी थिइन् । कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि आफूले समय दिने उनको राजीनामा पत्रमा उल्लेख थियो।

प्रकाशित मिति: : 2019-05-18 10:28:22

प्रतिकृया दिनुहोस्