विश्वकै पहिलो दर्तावाल 'जाति, धर्म र भगवान नभएको मान्छे'

विश्वले नै पहिलो दर्तावाल नास्तिक पाएको छ। त्यस्तो नास्तिक हुने इतिहास भारतका रवि कुमारलाई प्राप्त भएको छ। उनी हरियाणा राज्यको टोहानाबासी हुन् ।उनलाई रवि नास्तिकका रूपमा जिल्ला तहसिल कार्यालयले ‘नो कास्ट, नो रिलिजन, नो गड’ को प्रमाणपत्र नै दिएको छ। यसको अर्थ हो रवि कुमार ‘जाति, धर्म र भगवान नभएको व्यक्ति’ हुन्। 

रविले यो मान्यता र प्रमाणपत्रमा सहज रूपमा पाएका हैनन्।उनले यसका लागि दुई वर्ष मुद्दा लड्नु पर्‍यो। रविका तर्फबाट उनका वकिल अमितकुमार सैनीले सन् २०१७ मा फतेहाबाद कोर्टमा दिवानी मुद्दा दायर गरेका थिए। त्यही मुद्दा लामो प्रक्रियामा गएर उनलाई नामसँग नास्तिक लेख्ने अनुमति मिलेको हो।

 

३३ वर्षी रवि कुमार कुनै वर्ग, जात वा धर्मका आधारमा मानिसको परिचय नहोस् भन्ने चाहन्छन्। उनी भन्छन्- म हिन्दू, कुमार, क्षेत्रीय जस्ता रूढीबादी पहिचान लिएर बाँच्न चाहन्न। यो मेरो आफ्नो पहिचान आफै बनाउने अभियान हो।'

यस सन्दर्भमा रवि कुमार भन्छन्- 'भारतमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी जति धर्म र जातको आधारमा राजनीति गर्छ, अरू पनि त्यसको विरोध गर्ने नाममा त्यस्तै राजनीति गर्छन्। भन्नलाई मात्र मोदीलाई बढी भनिएको हो।सक्ने भए अरू पनि त्योभन्दा बढी गर्थे।भारतमा बहुसंख्यक हिन्दू भएकाले त्यो बिकाउ भएको मात्र हो।'

उनले अगाडि प्रश्न गरे- भारतमा कसले गरेको छैन धर्म, जात, भाषा, जातिको नाममा राजनीति ? राज्य नै जातिका आधारमा छन्। कतिपय राज्यमा त्यही राज्यका जातिय पार्टीले शासन गरेका छन्।' उनलाई लाग्छ, यस्तोमा विचारको राजनीति मर्छ। त्यसैका लागि उनले उनकै शव्दमा यस्तो 'सचेत विद्रोह' गरेका हुन्।उनी अगाडि भन्छन्-  'कसैले न कसैले यस्तो विद्रोह गर्नैपर्थ्यो।मभन्दा अगाडिकाले नगरेर मेरो भागमा आएको मात्र हो।' 

रवि कुमारका बाबु इन्द्र कुमार फर्निचर बनाउने काम गर्छन्। उनलाई भने छोराले गरेको यो सबै कुराको राम्रो ज्ञान छैन। उनी भन्छन्- 'पढे लेखेको छोराले राम्रैका लागि गरेको होला।उसको जीवन हो, उसलाई जसरी खुशी लाग्छ बाँचोस्।' उनी आफू भने परम्परा धानेर नै बाँकि जीवन बाँच्ने बताउँछन्। 

 

प्रकाशित मिति: : 2019-05-18 08:22:20

प्रतिकृया दिनुहोस्