श्रीमानले खन्याए श्रीमतीमाथि एसिड: श्रीमती अस्पतालमा, श्रीमान् हिरासतमा

काठमाडौंको कालोपुल नजिकै एक दम्पतिबीचको आपसी विवाद बढेर एसिड प्रहारसम्म पुगेको छ। 

२० वर्षीय श्रीमान् विष्णु भुजेलले २२ वर्षीय श्रीमती जेनी खड्कामाथि बुधबार साँझ एसिड प्रहार गरेका थिए।

एसिड प्रहारमा घाइते भएकी खड्कालाई उपचारका लागि चावहिलस्थित ओम अस्पताल लगिएकोमा राति नै थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। 

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीका अनुसार एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पेप्सिकोलाबाट बुधबार राति नै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। काभ्रे घर भएका कालोपुल नजिकै डेरा गरी बस्दै आएका थिए। 

घटनामाथि थप अनुसन्धा भैरहेको एसएसपी सुवेदीले ब्रेक एन लिंक्सलाई बताए। 

प्रकाशित मिति: : 2019-05-16 02:04:19

प्रतिकृया दिनुहोस्