पोखरेलले डीआईजीको फुली लगाए

बीएल

प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दज्र्यानी प्रदान गरिएको छ ।
आईतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच पोखरेललाई डीआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

पोखरेल प्रहरी संगठनमा व्यावसायिक प्रहरी अधिकृतको रुपमा  चिनिन्छन् । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।

 

प्रकाशित मिति: : 2019-05-12 13:31:08

प्रतिकृया दिनुहोस्