नेपाली चेली आइशाले जितिनन्

अमेरिकाको टेक्सास राज्यको डलास क्षेत्रको एक स्कूल डिस्ट्रिक्टको बोर्डमा उम्मेद्वारी दिएकी नेपाली चेली आइशा ओझालाई असफलता हात लागेको छ। उनी अमेरिकाकै तेस्रो ठुलो महानगर डल्लास फोर्टवर्थको हर्स्ट युलेस बेर्डफोर्ड इन्डिपेन्डेन्ट स्कूल डिस्ट्रिक्टको रिक्त सातौ बोर्ड मेम्बरका लागि भएको चुनावमा पराजित भएकी छिन्। 

डेमोक्रटिक पार्टीको समर्थनमा उम्मेद्वारी दिएकी आइशाले एकहजार सातसय ३६ मत प्राप्त गरिन् भने उनलाई प्रतिद्वन्दी फ्रेड क्याम्पस दुईहजार नौसय २३ मत ल्याएर बिजयी भए। चुनावमा असफलता हात लागेपछि उनले विजयी उम्मेद्वारलाई वधाई दिदै सफल कार्यकालका लागि शुभकामना दिएकी छिन्। उनले सबै मतदातालाई धन्यवाद  दिदै हार वा जीतभन्दा पनि कम मत पाएको भनेकी छिन्। 

यो स्कुल डिस्ट्रिक्टमा ९० हजारभन्दा बढी मतदाता रहे पनि चारहजार छसय ५९ मत मात्र खसेको थियो।२३ हजार विद्यार्थी एकहजार चारसय शिक्षक र दुईहजार पाँचसय कर्मचारी रहेको यो स्कूल डिस्टिक्ट अमेरिकाकै ठुला स्कूल डिस्टिक्टमा पर्छ।

आइशा युनिभर्सिटी अफ अर्लिङ्टन टेक्सासबाट समाजशास्त्रमा ग्राजुयट छिन्। उनी स्थानीय नेपाली समुदायमा स्थापित युवा पींढिकी सदस्य हुन्। नेपाली समाज टेक्सासको वुमेन्स कोअर्डिनेटर रहेकी २२ वर्षीया आइशाले मिस नेपाल अमेरिकाको पछिल्लो संस्करणमा मिस पब्लिक च्याइस र मिस सोसल एक्सिलेन्स उपाधि जितेकी थिइन्। 

 

 

प्रकाशित मिति: : 2019-05-12 02:54:06

प्रतिकृया दिनुहोस्