जिउँदै जलाएर छोरीको हत्या

दार्चुलामा एक दम्पतीले आगो लगाएर आफ्नै छोरीको हत्या गरेका छन्। हत्या गर्ने दम्पति दार्चुलाकाको व्यास गाउँपालिका–५ चुकपानीका २२ वर्षीय नवीन विष्ट र उनकी श्रीमती शीला विष्ट हुन्। उनीहरूले ११ महिनाकी छोरी आगो लगाएर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीबार राति उनीहरूले छोरीको हत्या गरेका हुन्। हत्याको अभियोगमा प्रहरीले विष्ट दम्पतीलाई पक्राउ गरेको छ।

छोरीको हत्या गरेर भाग्दै गरेको विष्ट दम्पतीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।प्रहरीले हिरासतमा लिई  विष्ट दम्पतीमाथि आवश्यक कारवाही थालेको छ ।

प्रकाशित मिति: : 2019-05-10 22:10:57

प्रतिकृया दिनुहोस्