एसएसपी सुवेदीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

काठमाडौं– एसएसपी उत्तम सुवेदीले महानगरीय प्रहरी परिषर काठमाडौंको जिम्मेवारी सम्हालेका छन्। उनी यसअघि नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता थिए।

एसएसपी सुवेदीले बुधबार पद्भार सम्हालेपछि काठमाडौंको शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले ब्रेक एन लिंक्ससँग छोटो कुरा गर्दै भने, ‘देशको सुरक्षाको इज्जत काठमाडौंसँग जोडिएको छ। त्यसैले काठमाडौंलाई सुरक्षित राख्न प्रहरी अहोरात्र खटिने छ।’

महानगरीय प्रहरी परिषरमा यसअघि एसएसपी बसन्त लामा कार्यरत थिए। उनको सरुवा लागु औषध नियन्त्रण व्युरोमा भएको छ।

सुवेदीले जिम्मेवारी सम्हाले लगत्तै आफू मातहत युनिटका प्रमुखहरूसँग बैठक गरेका छन् र उनले काठमाडौंको सुरक्षामा विशेष ध्यान दिन सबैलाई निर्देशन पनि दिएका छन्।

प्रकाशित मिति: : 2019-05-08 15:28:11

प्रतिकृया दिनुहोस्