आमा बैदेशिक रोजगारीमा, बाबु चार वर्षदेखि करणी गर्दैछ- कसरी बाँच्नु ?

यो वास्तविक पीडितको तस्बिर हैन, पीडाको सांकेतिक तस्विर मात्र हो ।

नेपालमा केही समययता व्यभिचारी बाबुहरूको संख्या अत्याधिक बढेको छ। आमाहरू वैदेशिक रोजगारीमा गएपछि उनीहरूले कलिला छोरीहरूमाथि नै गिद्देदृष्टि लगाउन थालेका छन्। 

जन्मदिने बाबु नै बलात्कारी भएको एक जबर्जस्ती करणीको यस्तै एउटा घटना सार्वजनिक भएको छ। घटना चितवनको कालिका नगरपालिकाको हो।

१४ वर्षीया आफ्नै छोरीलाई बलात्कारी बाबुले विगत चारवर्षदेखि जबरजस्ती करणी गर्दै आएको बताइएको छ।

पीडित बालिकाकी आमा आमा वैदेशिक रोजगारीमा रहेको मौकाको लाइदा उठाउँदै बलात्कारी बाबुले १० वर्ष भएदेखि नै करण गर्दै आएको पाइएको प्रहरीले बताएको छ।

घटनाका बारेमा जानकारी पाएपछि माईती नेपाल चितवन शाखाको सहजीकरणमा बाबुलाई पक्राउ गरिएको छ।

नेपाली समाज किन यसरी दिनदिनै व्यभिचारी बन्दै गैरहेको छ?  यस प्रश्नको उत्तरमा समाजशाश्त्री पिंगला केसी भन्छिन्- यौन मानवीय आवश्यकता हो। मान्छेले यो वा त्यो नाममा यसको पूर्ति गर्छ नै। जब विवाह गरेका जोडी टाढा टाढा हुन्छन्। तब उनीहरू अनेक जुक्ति लगाउँछन्। त्यही जुक्तिको एक दर्दनाक पक्ष हो घरभित्रैका नानीहरूमाथि हुने जर्बजस्ती करणी।' 

यही घटनाका बारेमा उनी अगाडि भन्छिन्- श्रीमती वैदेशिक राेजगारीमा गएपछि त्यो मान्छेमा यौेन चाहना चरम भएर यौन विकृति देखापरेको हुनुपर्छ। त्यस्तो अवस्थामा उसले आमा नभएकी घरकै छोरीमाथि जबर्जस्ती करणी गर्न थालको हुनुपर्छ। विचरी १० वर्षकी उमेरमा बाबुको बलात्कार पीडा सहनु परेछ।'

बैदेशिक राेजगारीले सिर्जना गरेको पछिल्लो नेपाली समाजको कुरूप तस्वीर हो यो भन्दै समाजशाश्त्री केसी भन्छिन्- देशले रेमिटेन्समा साटेको विकृति हो यो। यस्ता घटना सयमा हैन, हजारमा एउटा सार्वजनिक हुन्छन्। बाँकि घटना त या त भैरहेकै हुन्छन्, या त चुपचाप सेलाएका छन्। 



 

प्रकाशित मिति: : 2019-05-06 04:51:56

प्रतिकृया दिनुहोस्