सोनाली प्रमोद भट्टको उमेर २१ वर्ष भयो।परिवारको आर्थिक अबस्था नाजुक छ।कलिलो उमेरमै सोनालीले धेरै दुःख, भोग्नु पर्यो।बच्चैदेखिका साथीहरु पढ्न जान्छन्।सोनालीले भने अरुकै काम गरेर, भोक टार्नु पर्छ । उनले भनिन्, 'पढ्ने ईच्छा, धेरै भएपनि के गर्ने, भाग्यले हामीलाई ठग्यो बुबा आमा जान्ने बुझ्ने छैनन्।'
सोनालीलाई, एकदिन काकाले राम्रो ठाउँमा काम लगाईदिने बताए।यो खबरले आफु निकै खुशी भएको बताइन्। नयाँ ठाँउको काममा, जान पनि राजी भइन्। काका र काकीले उनीलाई कामकै सिलसिलामा नेपालको वीरगञ्जमा छोडेर र फर्किए।
भारतको महाराष्ट्र राज्य प्रबनीकी सोनालीले महिनौपछि बल्ल आफू बेचिएको मेसो पाइन्। जीवनमा आफन्त नै कलंक बनेर आए। दिनानुदिन तनाब बढ्न थाल्यो। 'काम गर्ने मालिकको वचनदेखि ब्यबहारसमेत नराम्रो लाग्दै गयो। न घर परिवारसँग फोनमा कुरा भयो, न राम्रो काम नै गर्न पाइयो', सोनाली भन्छिन्।
काका काकीले, उनलाई वीरगन्जमा २० हजारमा बेचेका रहेछन्। सोनाली बेचबिखनमा परेको नेपालका लागि भारतीय दूताबासले जानकारी पायो।दूतावासको जानकारी पछि, उनको उद्धार गरियो।
वीरगञ्जबाट भारतीय दूतावासको समन्वयमा, नेपाली दूतावास नयाँ दिल्ली ल्याएको दूतावास स्रोतले बतायो। सोनालीलाई नयाँ दिल्लीबाट नेपाली दुतावासको सहयोगमा, मुम्बईसम्म नेपाल जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र मुम्बईका महासचिब प्रेमराज पुरीले ल्याए।
नयाँ दिल्लीबाट ल्याएर, पुरीले बोरिवलीको पोइसर रेस्कुयु फाउन्डेसनमा बुझाएको जानकारी दिए।नोकरीसँगै समाजसेवामा जुटेका प्रेमराज पुरी, मुम्बई र प्रवासी नेपालीमाझ नौलो नाम होइन।
दैलेख जिल्लाका प्रेमराज पुरीको कर्मथलो मुम्बई बन्यो।यहाँ नोकरीसँगै उनी समाजसेवामा पनि उत्तिकै सक्रृय छन्।प्रवासी नेपालीलाई पर्ने समस्यामा उनी सधै सहयोगी हात फैलाउने काम गरिरहेका छन्।
नेपाली कांग्रस निकट प्रवासी संगठन, नेपाल जनसम्पर्क समितिको राजनीतिमा समेत उनको राम्रो स्थान छ।पुरी भन्छनः हामी जहाँ भएपनि, जुन विचार र दर्शनसँग नजिक भए पनि नेपाली समाजको हित हुने काम गर्नुपर्छ।