मृगौला निकाल्न चेन्नई लैजाँदै गरिएका २६ नेपाली किशोरको विहारबाट उद्धार

तस्वीर : रासस

भारतको चेन्नईतर्फ जाँदै गरेका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ। रोजगारीका लागि त्यसतर्फ जाँदै गरेको भनिए पनि उनीहरूलाई रोजगारी दिने बहानामा बेहोस बनाएर मिर्गौला निकाल्ने गिरोहले त्यसतर्फ लैजादै गरिएको आशंका गरिएको छ। 

उनीहरूलाई भारतीय सुरक्षा अधिकारीले विभिन्न बसबाट नियन्त्रणमा लिएर बरियारपुर सीतामढीस्थित बालगृहमा राख्ने ब्यवस्था मिलाएका थिए।

उनीहरूलाई ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा बालगृहबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा महोत्तरीका १२, धनुषाका ९, सिरहाका तीन र सर्लाहीका दुई बालक रहेका छन् ।

१२ देखि १७ वर्षका ती बालक अभिभावकलाई बुझाउँदै तिनलाई निगरानीमा राख्न भनिएको छ। 

प्रकाशित मिति: : 2019-04-20 22:53:39

प्रतिकृया दिनुहोस्