२२ पटक सर्वोच्च शिखर पुगेका कामिरिता शेर्पा भन्छन्, 'चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्न'

Facebook/Kami Rita Sherpa

सगरमाथाको चुचुरोमा कामिरिता शेर्पाको जति धेरै पाइला अहिलेसम्म कसैको परेको छैन।

गत वर्ष आफैँले बनाएको सर्वाधिक २२ पटक शिखर पुग्ने कीर्तिमान भङ्ग गर्न उनी यस पालि पुन: उनी सर्वोच्च शिखरतर्फ लाग्दैछन्।

काठमाण्डूको बौद्धमा बीबीसी नेपालीसँग कुरा गर्दै यी ४९ वर्षीय पर्वतारोहीले भने, "म यत्तिमै हिमाल चढ्न रोकिन्न पनि। आउँदा केही वर्ष चढिरहन्छु।"

धेरैले कामिरितालाई सोधिरहने प्रश्न हो- यतिधेरै पटक सगरमाथा चढ्न कसरी सकिन्छ? बीबीसी नेपालीले पनि उनलाई त्यही प्रश्न सोध्यो। तर उनले त्यसको कुनै सीधा उत्तर भने दिएनन्।
उनले कारण उधिन्न थाले।

निजी बाध्यता र बाध्यताले बनाइदिएको पेसा, हिमालप्रतिको लगाव र सम्मान...। उनले सगरमाथा आफ्नो रहर नभएर बाध्यता र जीविकोपार्जनको माध्यम भएको स्वीकारे...

प्रकाशित मिति: : 2019-04-19 03:21:09

प्रतिकृया दिनुहोस्