'दिलिप इज माई साला' भन्ने पत्रकारमाथि अर्को मुद्दा

तस्वीर: सामाजिक सञ्जाल

निर्मला हत्या प्रकरणमा रोशनी र बबिता दिदीबहिनीलाई लक्षित गरेर मिडियावाजी गरेको आरोप लागेका सुदूरपश्चिमका सेलेब्रेटी पत्रकार खेम भण्डारीमाथि अर्को मुद्दा परेको छ। 

उनीबिरूद्ध अधिवक्ता विनोद भट्टले आफूलाई फोनमा धम्की दिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्धा दायर गरेका हुन् । भण्डारीविरूद्ध यो चौथो मुद्दा हो। 

यसअघि उनीबिरूद्ध निर्मला प्रकरणमै तीनवटा मुद्दा परिरसकेका छन् ।

दिलिप इज माइ साला भनेर तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टलाई पठाएको मेसेज सार्बजनिक भएपछि उनी थप चर्चित बनेका थिए। 

दिलिप भनेका निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट हुन्। सुरूमा प्रहरीले किटानी हत्यारा गरेका उनी पछि डीएनए नमिलेपछि छुटेका थिए। त्यसपछि पनि पक्राउ पर्दै छुट्दै आएका दिलिप अझै पनि शंकाकै घेरामा छन्।  

भण्डारी कञ्चनपुरबाट प्रकाशित दैनिक मानसखण्डका सम्पादक हुन्। उनी सत्तारूढ नेकपा निकट पत्रकार हुन्। उनले फेसबुकमा 'यो देशका लागि केपी ओली' शीर्षकमा प्रोफाइल तस्वीर बनाएको भेटिन्छ। यसले पनि त्यही कुराको पुष्टी गर्छ।

प्रकाशित मिति: : 2019-04-10 23:31:53

प्रतिकृया दिनुहोस्