पानी भनेर एसिड पिउँदा ११ वर्षीया बालिकाको मृत्यु!

पानी सम्झेर एसिड पिउँदा एक बालिकाको ज्यान गएको छ। भारतको नयाँ दिल्ली हर्ष विहार क्षेत्रमा ५ कक्षामा अध्ययन गर्ने ११ वर्षिया एक बालिकाको एसिड सेवनले मृत्यु भएको हो।

ती बालिकाले बोतलमा राखिएको एसिडलाई पानी सम्झेर पिएपछि ज्यान गएको भारतीय प्रहरीले जानकारी दिएको छ।

उनको गएराति जीटीबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले उनको मृत्यु लापरवाहीका कारण भएको भन्दै मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको बिबिसीले जनाएको छ।

शंकर गल्लीमा रहेको स्कुलमा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुन्छ। सधै झै सबै बच्चाहरू चाँडै स्कुल आएका थिए। तर, त्यो दिन कक्षा चारको शिक्षक र प्रिन्सिपल स्कुल आएका थिएनन्।

त्यसैले कक्षा चार र पाँचका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाई भइरहेको थियो। दुबै कक्षाका विद्यार्थीलाई पाँच कक्षाकी शिक्षीका आशाले हेरिरहेकी थिइन्। आशाका अनुसार लञ्च टाइम थियो। सबै बच्चाहरू खाना खानका लागि यता र उता गरिरहेका थिए।

सञ्जना र पिंकीलेसागै खाना खाइरहेका थिए। अचानक उनी अस्वस्थ भइन्। उनले उल्टी गर्न थालिन् त्यसपछि उनलाई तत्कालै हस्पिटल लगिएको थियो।

सञ्जनाको स्वास्थ्य खराब भएपछि शिक्षिका आशाले पिंकीलाई यसबारे सोधेकी थिइन्।

पिंकीले उनले खाना खाएपछि पानी पिएकी थिइन्। त्यसपछि यस्तो भएको शिक्षिकालाई बताएकी थिइन्। तर हस्पिटल पुर्‍याएपछि थाहा भयो सञ्जनाले पानीको सट्टा तेजाब जस्तो कुनै चिज पिएको थाहा भएको थियो।

मृतक सञ्जना

प्रहरीका अनुसार सञ्जनाले कोल्ड ड्रिंकको बोतलमा पानी सम्झेर एसिड लिएर आएकी थिइन्। सञ्जनाले उनीसँग पानी मागेपछि उनले एसिड भरिएको बोतल दिएकी थिइन्। पानी सम्झेर एसिड पिएपछि गम्भीर हालतमा संजनालाई अस्पताल भर्ना गरिएको थियो।

डाक्टरले सञ्जनाले पानीको ठाउँमा तेजाब पिएको बताएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो। पुलिसले तेजाब राखिएको बोतल कब्जामा लिएको छ। संजनाका परिवारले स्कुल प्रशासन र ४ कक्षाकी छात्राका परिवारमाथि लापरवाहीको आरोप लगाएका छन्। पुलिसले ४ कक्षाकी छात्राका परिवारसँग पनि यस विषयमा सोधपुछ गरिरहेको छ।

४ कक्षाकी छात्रा पानीको ठाउँमा तेजाब भरिएको बोतल लिएर कसरी स्कुल पुगिन् भने अझैसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति: : 2019-03-09 18:24:26

प्रतिकृया दिनुहोस्