बिल गेट्स फेरि विश्वको सबैभन्दा धनी व्यक्ति

Agency

माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति घटेपछि बिल गेट्स पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।

अमेजनको हालको शेयरमा ७ प्रतिशतले कमि आएको छ। यसै कारण बेजोसलाई उछिन्न बिल गेट्स सफल भएका हुन्। अमेजनको हाल घटेको शेयरअनुसार बेजोसको सम्पत्ति १ सय ३ दशमलव ९ अर्ब डलर भएको छ। बिल गेट्सको हालको सम्पत्ति १ सय ५ दशमलव ७ अर्ब डलर आँकलन गरिएको छ।

सन् २०१८ मा बेजोसले २४ वर्षदेखि विश्वको सबैभन्दा धनी व्यक्तिको पहिचान बनाएका बिल गेट्सलाई पछाडि पारेका थिए। यति बेला उनको सम्पत्ति १ सय ६० अर्ब डलरसम्म पुगेको थियो।

बिल गेट्स सन् १९८७ मा पहिलो पल्ट विश्वको धनी व्यक्ति बन्न सफल भएका थिए। जेफ बेजोस १९९८ मा अमेरिकाका ४ सय धनी व्यक्तिको सूचिमा अटाएका थिए। बेजोसको यही वर्षको अप्रिलमा श्रीमतिसँग पारपाचुके भएको थियो। उनले श्रीमतिसँग छुट्टिनका लागि पनि महंगो रकम खर्चेका थिए।

प्रकाशित मिति: : 2019-10-25 15:10:01

प्रतिकृया दिनुहोस्