शनिबार, १२ जुलाई २०२५

विप्लव समूहका ‘टाइगर’ पक्राउ

News Image
फाइल तस्बिर
• • •

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य डाँगीलाई प्रहरीले शनिबार बिहान घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसारबम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा डाँगीलाई गिरफ्तार गरिएको हो ।

उनिमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?