जबसम्म उपभोक्ताको मन जितिदैन , तबसम्म बजार राम्रो हुँदैन - निकेश श्रेष्ठ

नेपालमा नयाँ नयाँ खाद्यजन्य उद्योग धमाधम खुल्दैछन्। आम नागरिकको माग अनुसार नेपालमा उद्योग कलकारखानासँगै नयाँ नयाँ ब्रान्ड पनि भित्रिएका छन्।

नेपालमा करिब डेड दशकदेखि खाद्यान्नसहित विभिन्न सामान उत्पादन गर्दै आएको कर्मचार्य ग्रुपको पनि एक छुट्टै इतिहास छ।

कर्मचार्य ग्रुपका उत्पादनले पछिल्लो समय बजारमा राम्रो प्रभाव जमाउन थालेका छन्। कर्माचार्य डाईजेस्टीभ बिस्कुट बजारमा लोकप्रिय छ। त्यसैगरी कोशेली हेल्थ तेलको पनि बजार राम्रै छ। त्यतिमात्र होइन पछिल्लो समयमा नोभा दुधलगायत डेरीजन्य उत्पादन र चकलेटका परिकारले पनि राम्रै बजार पाईरहेको छ।

कर्मचार्य ग्रुपको उत्पादनले कसरी पाए बजार? अनि कस्तो छ अहिलेको अवस्था, भावी रणनीति र चुनौतिका विषयमा बिएल नेपाली सेवाले कर्माचार्य ग्रुपका ब्राण्ड म्यानेजर निकेश श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश

लामो समयदेखि नेपाली बजारमा विभिन्न खाद्य बस्तु उत्पादन गर्दै आएको कम्पनीको ब्राण्ड म्यानेजर भएर आउनु भएको छ, के कसरी काम गर्दै हुनुहुन्छ?

विगत एक वर्षदेखि म यो कम्पनीमा ब्राण्ड म्यानेजरको रूपमा आवद्ध छु। यहाँ कम्पनीका उत्पादनलाई मैले बजारसम्म पुर्‍याउने पुलका रूपमा काम गर्दै आएको छु।

के के छन् तपाईंले हेर्ने उत्पादन? ब्राण्डीङ कसरी गर्दै आउनु भएको छ? 

कर्मचार्य ग्रुपद्धारा उत्पादित खाद्य बस्तु (डेरीका परिकार, तेल, विस्कुट, चक्लेटलगायत) का विभिन्न प्रोडक्टहरू लामो समयदेखि बजारमा भएको सबैलाई थाहै छ। मैलै ती प्रोडक्टलाई कसरी अझ अपभोक्तामाझ प्रभावकारी रूपमा बजार बिस्तार गर्ने भन्ने बारेमा योजना बनाउँदै र सोही अनुसार बजारमा पुर्‍याउँदै आएको छु।

यो पनि हेर्नुहोस्- डेरीजन्य उत्पादनमा कन्ट्री फुड्सले गुणस्तरमा सम्झौता गर्दैनः सञ्चालक श्रेष्ठ 

भविश्यमा हामीले आम उपभोत्ताको चाहाना अनुसार अरु डेरीजन्य बस्तुको उत्पादन छिट्टै बजारमा ल्याउनेछौ। र हाम्रा पोडक्टलाई देशब्यापी बनाउनेछौं। अहिलेको अवस्थामा पोखरा र काठमाडौंका उपभोक्ताले करिब ७० प्रतिशत हाम्रा प्रोडकहरु मन पराएका छन्। त्यसैले डेरी क्षेत्र र हामीले उत्पादन गर्ने प्रोडक्टलाई अझ कसरी राम्रो र गुणस्तर बनाउने, साथै नेपालभरि कसरी बजार बिस्तार गर्ने भन्ने बारेमा योजना बनाएका छौं। Details

नेपाली बजारमा तपाईँका जस्तै धेरै प्रोडक्टहरू आएका छन् यसलाई कसरी हेर्नु भएको छ?

नेपाली बजारमा अहिले धेरै उत्पादन बढेका छन्। नयाँ नयाँ उद्योगले विभिन्न बस्तुहरू दैनिकजसो बजारमा ल्याउँदै छन्। यस्तो बेलामा चुनौती त हुने नै भयो, तर चुनौतीको सामना गर्न तयार छु। उपभोक्ताको रोजाईमा परेका हाम्रा प्रोडक्टलाई कसरी टिकाईराख्ने भन्ने कुराको चुनौति छ।

उपभोक्ताको रोजाईमा पर्ने कुरा गर्नुभयो त्यसका लागि के के गर्नु भएको छ?

हो, हामीले सुरूमा हाम्रा उपभोक्ता को हो? त्यो कुराको हेक्का राख्नुपर्‍यो। उनीहरूको चाहना के कस्ता छन् हामीले ती कुरालाई ध्यान दिनुपर्छ। हाम्रो चाहना भन्दा पनि उपभोक्ताको चाहना बुझ्नुपर्छ। त्यही अनुसारको प्रोडक्ट हुनुपर्‍यो, यती कुरा भईसकेपछि उनीहरुको सामु कहाँ र कसरी प्रस्तुत हुने भन्ने कुरामा ध्यान दिनुपर्‍यो। अनि मात्र हामीले उपभोक्ताको मन जित्न सक्छौ। जबसम्म उपभोक्ताको मन जितिदैन उनीहरुको चाहना पुरा गर्न सकिँदैन, तबसम्म बजार राम्रो हुँदैन।

उपभोक्ता सामु पुग्ने के कस्ता योजना छन् ?

 

अहिलेको युगमा विभिन्न माध्यम छन् काठमाडौंको कुरा एकै छिनमा दुर दराजसम्म पुग्छ। सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमहरू छन्। सोही माध्यमलाई सही सदुपयोग गर्दै गर्दै हामी आम उपभोक्तासँग जोडिन सक्छौं।

हामी पनि हाम्रा उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन विभिन्न माध्यम प्रयोग गर्दै आएका छौं। जस्तै पत्रपत्रिका, टेलिभिजन, डिजिटल मिडिया, विभिन्न स्थानमा होडिङ बोर्ड, सिनेमा हलमा प्रचार प्रसार गर्दै आएका छौं।

त्यति मात्र होइन हामीले विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रम गर्छौ र कार्यक्रममा आएका आम उपभोक्तालाई हामीले हाम्रा प्रोडक बुझाएर, चखाएर चिनाउँदै आएका छौ।

प्रतिश्पर्धाको समयमा उपभोक्तालाई तपाईका उत्पादनप्रति कसरी विश्वास दिलाउनुहुन्छ?

हामीले हिजो अस्ती खोलेको कम्पनी होइन। यो कम्पनीको एक छुट्टै इतिहास छ। हाम्रा प्रोडक्टलाई आम उपभोक्ताले रूचाउँदै आएकाले हामी सफद पनि भएका छौ। तर, हामी सफल भयौं भनेर चुप बस्दैनौं। उपभोक्ताको चाहाना र उनीहरूको स्वास्थ्यलाई मध्यनजर राखेर हामीले उत्पादनको स्थर अझै  बढाउँदै जानेर्छौ र त्यसलाई निरन्तरता दिनेछौं।

हामीले उत्पादन गर्ने प्रोडक्ट, प्याकेजिङ अन्तर्राष्ट्रियस्तरको हुन्छ। हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। त्यही भएर हामीलाई उपभोक्ताले विश्वास गरेका छन्।

जस्तै हामीले उत्पादन गर्ने, खाद्यबस्तु, डेरीजन्य परिकार, तेल, बिस्कुट चकलेटलगाएतका सामाग्रीहरुको बजार दिनदिनै बढ्दो अवस्थामा छ। त्यो राम्रो र आम नागरिकको रोजाईमै परेर हो।

तपाईँले बुझ्न सक्नु हुन्छ, हामीले उत्पादन गर्ने कर्माचार्य डाईजेस्टीभ बिस्कुट र कोशेली हेल्थ तेलको छुट्टै इतिहास छ। सबैले खोज्छन्, त्यसैगरी कन्ट्रीफुड्स र फिस्टेलद्धारा सञ्चालित डेरीबाट उत्पादन हुने नोभा ब्राण्डको दुधजन्य बस्तुहरुको बजार पनि राम्रो छ। हाम्रा प्रोडक्टहरू देशब्यापी छन्।

अहिलेको अवस्थामा तपाईँको सबैभन्दा ठूलो चुनौती के हो?

हाम्रो अहिलेको मुख्य चुनौती भनेकै उपभोक्ताको रोजाईलाई पुरा गर्न सक्नु हो।

बजारमा नक्कली उत्पादनको बिगबिगी छ। त्यसले गर्दा उपभोक्ता झुक्किने डर हुन्छ। त्यसलाई चिरफार गर्नु नै अहिलेको मुख्य चुनौती हो।

हामी हाम्रो क्षेत्रबाट उपभोक्तालाई सचेत गराउँदै आएका छौं र भोलिका दिनमा पनि त्यसलाई निरन्तरता दिनेछौं।

कर्माचार्य ग्रुपका ब्राण्ड म्यानेजर निकेश श्रेष्ठ। तस्बिरः बिएल नेपाली सेवा

डिजिटल मार्केटलाई कसरी हेर्नुभएको छ? मिडिया क्याम्पेनिङ, स्थलगत भ्रमणलगायतलाई कसरी हेर्नुभएको छ?

हो अहिले डिजिटल मिडिया र प्रविधिको जमाना हो। सबै कुरा डिजीटलमै खोजेर भेटिने अवस्था छ, त्यसैले हामीले पनि उक्त माध्यामको प्रयोग गर्न सक्नुपर्छ ताकी उपभोक्तासँग सहजै भेट होस्।

हामीले त्यही कुरालाई बुझेरै जतिसक्दो डिजिटल मिडियाको प्रयोगमा हामीले हाम्रा प्रोडक्ट उपभोक्तासामू पुर्‍याउँदै आएका छौं।

हामीले प्रचारका लागि जिडिजल मिडिया, सामाजिक सञ्जाल, त्यसैगरी सिनेमा हलमा प्रचार गरी हामीले बेला बखत मिडिया क्यान्पेनिङसमेत गरेर हाम्रा बाण्डलाई सबैमाझ पुर्याउने जमर्को गर्दै आएका छौं।

अन्त्यमा केही भन्नु छ ?

सबैभन्दा पहिला त हाम्रा उपभोक्तालाई हामी सम्झन चाहन्छौ र भोलिका दिनसम्म पनि हाम्रा प्रोडक्टलाई विश्वासका साथ प्रयोग गरिदिन हुन हामी अनुरोध गर्छौ।

हामी प्रोडक्टको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं, तपाईँहरू मात्र एक पटक हाम्रो प्रोडक्ट प्रयोग गर्नुहोस् त्यसपछि आफैं थाहा पाउनुहुनेछ।

प्रकाशित मिति: : 2019-10-14 09:05:53

प्रतिकृया दिनुहोस्