बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

बाथरोगका बिरामीलाई मध्यनजर गर्दै बैतडी मा संचालीत आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ। कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए।

बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन्।
गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुशी भएका स्थानीयवासी सेवा बन्द हुँदा निराश भएका छन्।

केही महीना सञ्चालन भएको पञ्चकर्म सेवाअन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरूलाई समस्या भएको दशरथचन्द नगरपालिका– १ का हरिप्रिया भट्टले बताए।

बाथरोगका बिरामीलाई मध्यनजर गरेर शुरु भएको सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको हो।
नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सञ्चालन हुने वरिष्ठ वैद्य कलौनीको भनाइ छ।

लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने र आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पञ्चकर्म सेवा उपयुक्त मानिन्छ।
पञ्चकर्म सेवा शुरु गर्न सके लामो समयदेखि दम, बाथरोग, गठियावादलगायतका बिरामीलाई सजिलो हुने गर्दछ।
बैतडीको मेलौली, मुस्याचौर र शाहीलेक गरी तीन स्थानमा आयुर्वेदिक औषधालय रहेका छन्।रासस

प्रकाशित मिति: : 2019-10-06 10:33:16

प्रतिकृया दिनुहोस्