शुक्रबार बजारमा सुनको मूल्य स्थिर

फाइल तस्बिर

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यता तेजावी सुन भने ७० हजार ६०० मा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रकाशित मिति: : 2019-10-04 11:21:12

प्रतिकृया दिनुहोस्