रानीबनमा खुल्यो आधुनिक डिपार्टमेन्टल स्टोर

तस्बिरः बिएल

दसैंको अवसर पारेर काठमाडौंको नागार्जुन नगरपालिका-१, रानिवन, नयाँ बस्तीमा आधुनिक डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ।

'नागार्जुन डिपार्टमेन्टल हाम्रो पहिचान, सुलभ मुल्य गुणस्तरीय सामान' नारा लिएर खुलेको पसलमा हरेक किसिमका दैनिक उपभोग्य सामानहरु गुणस्तरीय र सहुलियत मूल्यमा पाइन्छ।

१८ सय स्क्वायर फुटको क्षेत्रफलमा खुलेको स्टोरमा डेढ करोडको लगानी छ। दैनिक उपभोग्य सामग्री खाद्यान्य, ग्रोसरी वस्तुहरू, ताजा फलफूल र तरकारी एउटै छानोमुनि ग्राहकको रोजाईअनुसार पाइन्छ।

गुणस्तरीय सामान, सुपथ मूल्य र विषादीरहित कृषिजन्य उत्पादन नै स्टोरको प्रमुख विशेषता हो‍।

पछिल्लो समय हजारौं नेपाली युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको बेला स्वदेशमै यस्ता सेवा र रोगजारीका अवसरहरू सृजना हुनु राम्रो हो।

एक दशक जापानमा लामो समय वैदेशिक रोजगारमा विताएका संचालक तथा म्यानेजर विष्णु प्रकाश खडकाले स्वदेशमै केही गरौ भनेर आफू नेपाल फर्किएको बताए।

'स्वदेशमा पनि केही काम गरेर देखाउन सकिन्छ भन्ने उदाहरण पनि हो र गर्न चहानेलाई यहाँ प्रससत सम्भावना छ यसका लागि सरकारले काम गर्ने वातावरण बनाउनुपर्छ', उनले भने।

नागभुषण बहुउद्देश्य सहकारी अध्यक्ष तथा अभियन्ता अशोक कुमार महर्जनका अनुसार सानो सानो पूजी संकलन गर्ने र उत्पादन क्षेत्रमा लगानी गरी रोजगारी श्रृजना गर्ने लक्ष्य अनुरूप सहकारी भावना अनुरुप यो स्टोर खुलेको हो।

संस्थाले आगामी दिनमा थप नयाँ अवसरको खोजी गर्दै त्यस्ता क्षेत्रमा आर्थिक लगानीका लागि सहयोग गर्दै जाने बताए।

७ जना सञ्चालक रहेको स्टोरमा विस्तारै सेयरहोल्डरको संख्या बढाउँदै लगिने उनीहरूले बताएका छन्।

 

प्रकाशित मिति: : 2019-09-30 15:53:24

प्रतिकृया दिनुहोस्