भृकुटीमण्डपमा सुरू भयो फेस्टिवल मार्केट

तस्बिरः बिएल

दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिङ मार्केट सुरू भएको छ।

पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरेकी हुन्।

मेला उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाली उत्पादनको प्रवर्धनका लागि समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नुपर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गरिन्। उनले नेपाली उत्पादनको प्रयोग गर्न आम नागरिकलाई आग्रह गर्दै स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न सबैलाई आग्रह समेत गरिन्।

‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्।

चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सुरु गरेको हो।

फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहारसमेत दिने भएको छ। दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिङ मार्केट सञ्चालन गरिएको इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तर्गतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ ।

असोज ९ गतेदेखि सञ्चालन हुने फेस्टिवल सपिङ मार्केट असोज १३ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: : 2019-09-27 09:05:23

प्रतिकृया दिनुहोस्