कृषि विकास बैंकले भन्यो सर्वसाधारणको निक्षेप सुरक्षित छ

तस्बिरः बिएल

कृषि विकास बैंकको सिस्टम ह्याक गरी २ करोड बराबरको रकम मात्रै लुटिए पनि सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको छ। बैंकका सूचना अधिकारी हिमलाल पौड्यालका अनुसार २ करोड बराबरको रकम लुटिएको भए पनि सर्वसाधारणको रकम सुरक्षित रहेको जानकारी दिए।

अहिलेसम्मको अनुसन्धान अनुसार २ करोड बराबरमात्रै लुटिएको देखिए पनि कति रकम लुटिएको भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए  ।

मंगलबार दिउँसो बैंकको लहानस्थित शाखा कार्यालयबाट उक्त रकम लुटिएको बैंकले जनाएको छ।

बैंकको रकम ट्रान्सफरमात्रै भएको र त्यो पनि फिर्ता लिइसकेको बताउँदै उनले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको दाबी गरेका हुन्।

उनले सर्वसाधारणलाई त्रसित नहुन आग्रह गर्दै अहिले सबै सेवाहरू प्रवाह भैरहेकोसमेत जानकारी गराए।

यसैबीच नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोरिएको बारे अनुसन्धान भइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। अहिले अनुसन्धानमै रहेको हुँदा सबैलाई संयमित हुन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरिसकेको छ ।

कृषि विकास बैंकको विभिन्न शाखामार्फत ट्रान्सफर गर्दै केन्द्रीय शाखाबाट उक्त रकम निकालेको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ।

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ। यसै  विषयमा जानकारी  दिन प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2019-09-25 13:27:11

प्रतिकृया दिनुहोस्