वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी छ - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल (भिडियोसहित)

तस्बिरः बिएल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थीत बनाउनु चूनौतीपूर्ण रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७ औँ वार्षिक साधारणसभामा उनले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताए। त्यस्तै उहाले यस क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको भन्दै समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरे।

नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उनले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताए। वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गरे।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताए। राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको उनको आरोप थियो।

प्रकाशित मिति: : 2019-09-24 15:33:40

प्रतिकृया दिनुहोस्