सुनचाँदीको मूल्य घट्यो

फाइल तस्बिर

सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सार्वजनिक गरेको मूल्यमा सुन प्रतितोला ६ सयले घटेको हो । यसअघि ७१ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुन आज ७० हजार ७ सयमा कारोबार हुनेछ ।


यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार ५ रुपैयाँ बढेर ८ सय ७० पुगेको प्रतितोला चाँदीको मुल्य बिहीबार ८ सय ५५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: : 2019-09-19 14:51:11

प्रतिकृया दिनुहोस्